सलमान खानलाई पूर्व प्रेमिका सोमीको धम्की

एजेन्सी, १६ चैत । बलिउड अभिनेता सलमान खानकी पूर्व प्रेमिका सोमी अलीले हालै सोसल मिडियामार्फत् सलमानमाथि अप्रत्यक्ष रुपमा केही आरोप लगाएकी छन् ।
उनले आफ्नो पोस्टमार्फत् कसैको नाम नलिई बलिउडका हार्वे वेनस्टेनलाई धम्की दिएकी हुन् ।
साथै, उनले ऐश्वर्या राय बच्चनको नाम पनि लिएकी छिन् । स्मरण रहोस्, हार्वे विन्स्टेन हलिउडका चर्चित निर्माता र फिल्म निर्माता हुन् ।
हार्वेमाथि एक, दुई नभई थुप्रै महिला र नायिकाले बलात्कार, कुटपिट र धम्कीको आरोप लगाएका थिए ।
सोमीले अप्रत्यक्ष रुपमा सलमानलाई दिइन् धम्कीः
सलमानले आफ्नो पोस्टको क्याप्सनमा लेखिन्, ‘बलिउडका हार्वे विन्स्टेन, एकदिन तिम्रो पनि पर्दाफास हुनेछ । जुन महिलालाई तिमीले दुरुपयोग गरेका छौँ, एकदिन उनीहरु अगाडि आउनेछन् र वास्तविकता बताउनेछन् । जस्तै ऐश्वर्या राय बच्चनले गरेकी थिइन् ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


