काठमाडौं, १६ चैत । द वर्ल्ड कल्चर आर्टिस एसोसिएसन नेपाल र सो जे एम इन्टरटेनमेन्टको संयुक्त आयोजनामा पोखरामा उरल अल्टायिक ल्याङगोजेन हाङसोङ कल्चर फेस्टिभल (साँस्कृतिक महोत्सव) आयोजना हुने भएको छ ।

अगामी सन् २०२३ को डिसेम्बरमा आयोजना हुने र १५ दिनसम्म चल्ने सो फेस्टिभलमा विश्वका ८० देशका गायक गायिका, ब्यान्ड, मोडल तथा सर्कसहरूका दि वर्ल्ड कल्चर एण्ड आर्टिष्ट एसोसिएसन नेपालका अध्यक्ष डम्बर बहादुर बिसीले बुधबार राजधानीमा आयोजित कार्यक्रममा जानकारी दिए ।

कार्यक्रममा गण्डकी प्रदेशका पर्यटन तथा नागरिक उड्डयन मन्त्री मणिभद्र शर्माले पर्यटकीय नगरी पोखरामा आयोजना हुन लागेको यो कार्यक्रमले पर्यटनको विकास हुनुका साथै कोरोनापछि विश्वमा नेपालको पर्यटकीय क्षेत्रको प्रचार प्रसार बताए ।

कार्यक्रममा सो जे एम इन्टरटेन्टमेन्टको नेपालका अध्यक्ष प्रकाश सुवेदीले नेपाल र विश्वका ८० भन्दा बढी देशबीचको संस्कृति एक आपसमा आदान प्रदान गरि आपसी सदभाव साँस्कृतिक प्रवद्र्धन गर्दै विश्वभरका पर्यटकहरु नेपाल भित्र्याउने उदेश्य महोत्सवको रहेको बताए ।

दि वर्ल्ड कल्चर एण्ड आर्टिष्ट एसोसिएसन कोरियाका प्रेसिडेन्ट वाङ्ग जिमीनले रसिया, टर्की, फिलिपिन्स, ब्राजिललगायतका यस्तो फेस्टिभल सफलता पूर्वक सम्पन्न गरेको छ ।