इजरायलको तेल अविव सहरको बाहिरी क्षेत्रमा आक्रमण, ५ जनाको मृत्यु

एजेन्सी, १६ चैत । इजरायलको तेल अविव सहरको बाहिरी क्षेत्रमा भएको आक्रमणमा परी ५ जनाको मृत्यु भएको छ । एक साताभित्र घटेको यो तेस्रो घटना हो ।
घटना देशको सबैभन्दा अति–रूढिवादी यहूदी क्षेत्रमध्ये एकमा भएको इजरायली मिडियाले जनाएका छन् ।
गत मंगलबार र आइतबार इजरायली अरबीहरूले आक्रमण गरेपछि सुरक्षा बललाई उच्च सतर्कतामा राखिएको थियो ।
घटनास्थलको फुटेजमा बन्दुकधारी कालो कपडामा देखिएका छन् र उनको हातमा अटोमेटिक बन्दुक छ जसबाट उनीहरूले गोली चलाएका थिए ।
जेरुसेलम पोस्ट वेबसाइटका अनुसार, एक व्यक्ति कारमा र अन्य नजिकैको सडकमा मृत फेला परेका थिए ।
घटनापछि इजरायलका प्रधानमन्त्री नफ्ताली बेनेटले आपतकालीन सुरक्षा बैठक बोलाएका छन् ।
घटनाको जवाफ दिँदै उनले भने, ‘इजरायलले घातक अरबको आतंकवादको सामना गरिरहेको छ । हाम्रा सुरक्षा बल काम गरिरहेका छन् र हामी दृढताका साथ यो आतंकवादसँग लड्नेछौं।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


