प्रधानमन्त्री इमरान खान विरुद्धको अविश्वासको प्रस्तावमा अप्रिल ३ मा मतदान हुने

एजेन्सी, १६ चैत । पाकिस्तानी प्रधानमन्त्री इमरान खान विरुद्धको अविश्वासको प्रस्तावमा अप्रिल ३ मा मतदान हुने भएको छ ।
आन्तरिक मन्त्री शेख रसिदले मंगलबार सो जानकारी दिएका हुन् ।
राष्ट्रियसभाको बैठकमा सोमबार खानविरुद्ध विपक्षी दलले अविश्वासको प्रस्ताव पेस गरेपछिको पछिल्लो राजनीतिक अवस्थाबारे राजधानी इस्लामबादमा सञ्चारकर्मीसँग कुरा गर्दै रसिदले यस्तो जानकारी दिएका हुन् ।
३१ मार्चमा अविश्वासको प्रस्तावमा बहस हुने र ३ अप्रिलमा मतदान हुने उनले बताए । प्रधानमन्त्रीविरुद्धको प्रस्ताव बिफल हुने उनले बताए ।
प्रधानमन्त्री खानविरुद्धको अविश्वासको प्रस्तावलाई लिएर पाकिस्तानमा राजनीतिक संकट चुलिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


