बुधबार २६ नयाँ संक्रमित थपिए, ७७ जना संक्रमणमुक्त

काठमाडौं, १६ चैत । नेपालमा पछिल्लो २४ घण्टामा २६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९४० जनाको पीसीआर परीक्षण गर्दा २५ र १ हजार २५२ जनाको एन्टीजेन परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन भने ७७ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ५३४ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ । त्यस्तै, ९ लाख ६५ हजार ३०५ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर १ हजार १४६ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १ हजार ९६ जना होम आइसोलेसनमा र ५० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये १८ जना आईसीयू र ३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


