बुधबार बसेको प्रदेशसभा बैठक दुई मिनेटमै स्थगित

जनकपुरधाम, १६ चैत । बुधबार बसेको मधेस प्रदेशको प्रदेशसभा बैठक दुई मिनेटमै स्थगित भएको छ ।
बैठक सुरु हुनासाथ लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक परमेश्वर साहले गणपूरक संख्या नपुगेकोले बैठकलाई अगाडि नबढाउन सभामुखसँग आग्रह गरेका थिए ।
नेकपा एमालेका सांसद किशोरी साह ‘कमल’ले मन्त्रीहरुलाई प्रदेश सभामा उपस्थित भएर जवाफ दिनुपर्नेमा उनीहरु सबैजना आ–आफ्नो काममा व्यस्त रहने गरेको बताए ।
उनले १० पटकसम्म बैठकमा उपस्थित नहुने सांसदको पद स्वतः खारेज हुने विधानमा व्यवस्था भएकाले त्यसतर्फ पनि ध्यान दिन सभामुखसँग आग्रह गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


