मंगलबार ४२ नयाँ संक्रमित थपिए, ८६ जना संक्रमणमुक्त

काठमाडौं, १५ चैत । नेपालमा पछिल्लो २४ घण्टामा ४२ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ३२२ जनाको पीसीआर परीक्षण गर्दा ३० र १ हजार १४९ जनाको एन्टीजेन परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन भने ८६ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ५०८ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ । त्यस्तै, ९ लाख ६५ हजार २२८ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर १ हजार १९८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १ हजार १४६ जना होम आइसोलेसनमा र ५२ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये २० जना आईसीयू र ३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


