कश्मीरमा धारा ३७० को खारेजीपछि ३४ जना बाहिरीले सम्पत्ति किने

एजेन्सी, १५ चैत । भारतको केन्द्रीय गृह मन्त्रालयले लोकसभामा धारा ३७० खारेज गरेपछि अन्य राज्यका ३४ जनाले जम्मु कश्मीरमा सम्पत्ति किनेको जानकारी दिएको छ ।
यी सम्पत्तिहरु जम्मु, रियासी, उधमपुर र गन्दरबल जिल्लाहरूमा अवस्थित छन् ।
अगस्त २०१९ मा मोदी सरकारले जम्मु–कश्मीरलाई विशेष दर्जा दिने धारा ३७० खारेज गरेको थियो । यससँगै जम्मु–कश्मीर र लेह–लद्दाखलाई छुट्टै केन्द्र शासित प्रदेशहरूमा विभाजन गरियो ।
धारा ३७० को कारणले जम्मु कश्मीरलाई विशेष राज्यको दर्जा दिएको खण्डमा त्यहाँका स्थानीय बासिन्दाले मात्रै सम्पत्ति किन्न पाउँथे । तर ३७० खारेज भएपछि अहिले देशका अन्य राज्यका मानिसहरूले त्यहाँ सम्पत्ति किन्न पाउँछन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


