‘बी’ डिभिजन लिग : मंगलबारको खेलमा ब्वाइज युनियन क्लब विजयी

काठमाडौं, १५ चैत । सहिद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत मंगलबारको खेलमा ब्वाइज युनियन क्लब विजयी भएको छ ।
ब्वाइज युनियनले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सरस्वती युथ क्लबमाथि ३–२ को रोमाञ्चक जित हात पारेको हो ।
खेलको १५ औं मिनेटमा इन्सन राईले गोल गर्दै ब्वाइजलाई सुरुवाती अग्रता दिलाएका थिए । ४४ औं मिनेटमा सबिन खड्काले पेनाल्टीमार्फत गोल गर्दै सरस्वतीलाई १–१ को बराबरीमा ल्याए ।
६६ औं मिनेटमा अविनाश थापाले सरस्वतीलाई २–१ ले अघि बढाए । ७७ औं मिनेटमा शरद कुमार क्षेत्रीले गोल गर्दै ब्वाइज युनियनलाई २–२ को बराबरीमा ल्याए ।
७८ औं मिनेटमा मिलन लिम्बुले गोल गरेपछि ब्वाइज युनियनले ३–२ को रोमाञ्चक जित दर्ता गरेको हो ।
यो जितसँगै ब्वाइज युनियनले ९ खेलमा ८ अंक जोडेको पुछारमा रहँदा पराजित सरस्वती सामान खेलबाट १५ अंकका साथ तेस्रो स्थानमा छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


