इजरायलका प्रधानमन्त्रीलाई कोरोना संक्रमण

एजेन्सी, १४ चैत । इजरायलका प्रधानमन्त्री नाफ्ताली बन्नेटलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रधानमन्त्रीको कार्यालयले सोमबार दिएको जानकारी अनुसार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकनसँगको भेटवार्ता भएलगत्तै उनलाई संक्रमण पुष्टि भएको हो ।
‘हिस्टोरिक समिट’ का क्रममा उनीरूबीच आइतबार साइडलाइन भेटवार्ता भएको अधिकारीहरूले जनाएका छन् । समिति इजरायलको जेरुसेलममै भएको थियो ।
उनले अस्वस्थ महसुस गरेपछि एकान्तवासमै रहेर आफ्ना काम गरिरहेका छन् । उनी त्यसअघि इजरायलकै उत्तरी सहर हाडेराको भ्रमणमा पनि गएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


