विल स्मिथले क्रिस रकलाई हाने थप्पड

एजेन्सी, १४ चैत । हलिउड अभिनेता विल स्मिथले क्रिस रकलाई थप्पड हानेका छन् ।
स्मिथले ओस्कार अवार्ड कार्यक्रमको स्टेजमै कार्यक्रम सञ्चालक रकमाथि थप्पड हानेका हुन् ।
कमेडियन क्रिस रकले अभिनेता स्मिथकी श्रीमती जाडा पिन्केट स्मिथको बारेमा मजाक बनाएपछि विल स्मिथले ओस्करको स्टेजमा क्रिस रकलाई थप्पड हानेका हुन् ।
उनले क्रिस रकलाई स्टेजमा हिर्काएकोमा माफी पनि मागे ।
सम्बोधनमा उनले अवार्ड समारोहमा घटेको घटनाप्रति दुःख व्यक्त गर्दै भने, ‘म एकेडेमीसँग माफी माग्छु, मनोनित मेरा सबै सहकर्मीसँग माफी माग्न चाहन्छु ।’
विल स्मिथले उत्कृष्ट अभिनेताको ओस्कार अवार्ड पाएका छन् । उनले फिल्म किङ रिचर्डका लागि उक्त अवार्ड पाएका हुन् ।
फिल्ममा उनले टेनिस स्टार सेरेना र भेनस विलियम्सका पिता किङ रिचर्डको भूमिका निभाएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


