चैत २५ गतेदेखि बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने

काठमाडौं, १४ चैत । आगामी चैत २५ गतेदेखि एक वर्ष तीन महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले देशभर एक वर्ष तीन महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई आगामी चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म टाइफाइड विरुद्धको खोप लगाइने जानकारी दिएका हुन् ।
मन्त्रालयले अभिभावकलाई नजिकैको खोप केन्द्रमा गई खोप लगाउन आग्रह गरेको छ । उक्त अभियानमा बालबालिकालाई एक मात्रा टाइफाइड विरुद्धको खोप प्रदान गरिने छ । उनले यस अभियान पश्चात अबदेखि नियमित खोप कार्यक्रममा टाइफाइड खोप पनि समावेश गर्ने जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


