‘कोडा’ ले जित्यो सर्वोत्कृष्ट फिल्म अवार्ड

एजेन्सी, १४ चैत । यस वर्षको ओस्कारको सर्वोत्कृष्ट फिल्म अवार्ड ‘कोडा’ ले जितेको छ । स्ट्रि मिङ प्लेटर्फम एप्पल फिल्मसले निर्माण गरेर्को ‘कोडा’ ले उत्कृष्ट फिल्म अवार्ड जितको हो ।
अमेरिकाको लस–एन्जल्समा आज बिहान भएको समारोहमा २३ विधामा अवार्ड वितरण गरिएको छ । कोरोना महामारीपछि रेडकार्पेटसहित भौतिकरुपमै ओस्कारलाई भव्यरूपमा आयोजना गरिएको हो ।
त्यस्तै, ‘ड्युन’ले सर्वाधिक ६ विधामा ट्रफी पायो । सर्वाधिक १२ विधामा मनोनयन भएको ‘द पावर अफ दी डग’ले निर्देशन विधामासमेत जित्न सक्यो । निर्देशक क्याम्पेन ओस्कार जित्ने तेस्रो महिला समेत बनिन् ।
यसवर्ष नेटफ्ल्क्सि फिल्म ‘द पावर अफ दी डग’ सर्वाधिक १२ विधामा मनोनयन भएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


