विल स्मिथले पाए उत्कृष्ट अभिनेताको ओस्कार अवार्ड

एजेन्सी, १४ चैत । विल स्मिथले उत्कृष्ट अभिनेताको ओस्कार अवार्ड पाएका छन् ।
उनले फिल्म किङ रिचर्डका लागि उक्त अवार्ड पाएका हुन् ।
फिल्ममा उनले टेनिस स्टार सेरेना र भेनस विलियम्सका पिता राजा रिचर्डको भूमिका निभाएका थिए ।
आफ्नो भाषणमा स्मिथ भावुक भएका थिए । उनले क्रिस रकलाई स्टेजमा हिर्काएकोमा माफी पनि मागे ।
सम्बोधनमा उनले अवार्ड समारोहमा घटेको घटनाप्रति दुःख व्यक्त गर्दै भने, ‘म एकेडेमीसँग माफी माग्छु, मनोनित मेरा सबै सहकर्मीसँग माफी माग्न चाहन्छु ।’
कमेडियन क्रिस रकले अभिनेता स्मिथकी श्रीमती जाडा पिन्केट स्मिथको बारेमा मजाक बनाएपछि विल स्मिथले ओस्करको स्टेजमा क्रिस रकलाई थप्पड हानेका हुन् ।
यस वर्षको उत्कृष्ट फिल्मको अवार्ड कोडाले पाएको छ ।
उत्कृष्ट निर्देशकको अवार्ड भने जेनी क्याम्पियनले पाए । उनले द पावर अफ द डगका लागि अवार्ड पाएका हुन् ।
उत्कृष्ट अभिनेत्री भने जेसिका चेस्टेइन भएकी छन् । द आइज अफ ट्यामी फेइका लागि उनी उत्कृष्ट अभिनेत्री घोषित भएकी हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


