टि–२० अन्तर्राष्ट्रियमा कुशल भुर्तेलको नयाँ कीर्तिमान

काठमाडौं, १४ चैत । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ओपनर ब्याटर कुशल भुर्तेल टि–२० अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो ५०० रन पूरा गर्ने खेलाडी बनेका छन् ।
त्रिवि क्रिकेट मैदानमा सोमबार पपुवा न्यु गिनी (पिएनजी) विरुद्धको खेलमा भुर्तेलले यो कीर्तिमान कायम गरेका हुन् ।
पिएनजीविरुद्ध २० रन बनाएर आउट हुनुअघि भुर्तेलले ५०० रन पूरा गरे ।
उनले मात्र १२ खेलमा यो कीर्तिमान बनाएका हुन् ।
यसअघि भारतीय ब्याटर केएल राहुलको नाममा यो कीर्तिमान थियो । उनले १३ खेलमा ५०० रन बनाएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


