‘बी’ डिभिजन लिग : खुमलटारद्वारा वीरगञ्जमाथि २–१ को रोमाञ्चक जित

काठमाडौं, १४ चैत । शहीद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत सोमबारको खेलमा खुमलटार युथ क्लब विजयी भएको छ ।
खुमलटारले एन्फा कम्प्लेक्समा वीरगञ्ज युनाइटेडमाथि २–१ को रोमाञ्चक जित हात पारेको हो ।
खेलको छैटौं मिनेटमा कप्तान सविन केसीले पेनाल्टीबाट गोल गर्दै खुमलटारलाई शुरुवाती अग्रता दिलाएका थिए । १३ औं मिनेटमा आशा लाल कुँवरले गोल गर्दै वीरगञ्जलाई १–१ गोलको बराबरीमा ल्याए ।
७५ औं मिनेटमा रमेश थापाले गोलपछि खुमलटारले २–१ को रोमाञ्चक जित दर्ता गर्यो । यो जितसँग खुमलटारले ९ खेलमा १२ अंक जोड्दा पराजित वीरगञ्जको समान खेलबाट १० अंक छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


