फिल्म इन्डस्ट्री किन छाड्न चाहन्थे आमिर खान ?

एजेन्सी, १३ चैत । बलिउड अभिनेता आमिर खानले फिल्ममा काम नगर्ने निर्णय वर्षौंअघि नै गरेको बताएका छन् ।
उनले अभिनयको साथसाथै कुनै पनि चलचित्रको निर्माण नगर्ने निर्णय समेत गरिसकेको बताए ।
भारतीय च्यानलसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘मैले कतै स्वार्थी छु र आफ्नो बारेमा मात्र सोचिरहेको महसुस गरें । छोराछोरी र परिवारको जिम्मेवारी मैले राम्रोसँग पूरा गर्न सकिनँ । यस्तो अवस्थामा मैले फिल्ममा काम गर्न छोडेको थिएँ ।’
यस कार्यक्रममा आमिर खानले आफूले फिल्म छाड्ने सार्वजनिक घोषणा भने नगरेको बताउँछन् ।
यस सम्बन्धमा आमिरले भन्छन्, ‘मलाई लाग्यो कि मैले अब अभिनय नगर्ने कुरा पनि मानिसहरूलाई बताउनुपर्छ । तर, त्यसपछि कसै न कसैलाई मार्केटिङ स्किम लाग्छ सक्छ भन्ने महसुस भयो । लालसिंह आउँदैछ, त्यसैले संन्यासको घोषणा गर्दैछन् ।’
आमिरको निर्णयको बारेमा परिवारलाई थाहा पाएपछि उनीहरूले सम्झाएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


