आइतबार २३ नयाँ संक्रमित थपिए, २१५ जना संक्रमणमुक्त

काठमाडौं, १३ चैत । नेपालमा पछिल्लो २४ घण्टामा २३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७८० जनाको पीसीआर परीक्षण गर्दा १५ र १ हजार ४४२ जनाको एन्टीजेन परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने २१५ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर १ हजार ५५८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


