काठमाडौं, १३ चैत । थाइल्याण्डको शीर्ष डिभिजन क्लब चोनुबरी एफसीसँग खेल्ने नेपालको शुरुवाती–११ सार्वजनिक भएको छ ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आइतबार महत्त्वपूर्ण खेलाडीलाई आराम दिँदै शुरुवाती–११ घोषणा गरेका हुन् ।

टोलीको कप्तानी अनन्त तामाङले गर्नेछन् । राष्ट्रिय टोलीबाट डेब्यु प्रतिक्षामा रहेका गोलरक्षक दीप कार्की र मिडफिल्डर प्रशान्त अवस्थीले मौका पाएका छन् ।

यसअघि थाइल्याण्डसँगको मैत्रीपूर्ण खेलमा नेपाल २–० ले पराजित भएको थियो ।

नेपालको शुरुवाती–११ मा दीप कार्की (गोलरक्षक), अनन्त तामाङ (कप्तान), सुमन अर्याल, गौतम श्रेष्ठ, दिनेश राजवंशी, सुभास गुरुङ, सन्तोष तामाङ, नवीन गुरुङ, एरिक विष्ट, आशिष लामा र प्रशान्त अवस्थी रहेका छन् ।