एजेन्सी, १३ चैत । भारतमा ६ दिनमा पाँचौं पटक पेट्रोल तथा डिजेलको मूल्य बढेको छ ।

आइतबार पेट्रोलमा प्रतिलिटर भारु ५० पैसा र डिजेलमा प्रतिलिटर ५५ पैसा बढेको छ । यससँगै दिल्लीमा पेट्रोल प्रतिलिटर मूल्य भारु ९९ दशमलब ११ पैसा भएको छ ।

त्यस्तै, डिजेल प्रतिलिटर मूल्य भारु ९० दशमलब ४२ पैसा पुगेको छ । यसअघि पेट्रोल प्रतिलिटर भारु ९८ दशमलब ६१ र डिजेल प्रतिलिटर भारु ८९ दशमलब ८७ थियो ।

मूल्य दर देशभर बढेको छ र स्थानीय करका आधारमा राज्यअनुसार मूल्य फरक फरक छ ।

पछिल्लो पटक २२ मार्चमा मूल्यवृद्धि भएको थियो । यसअघि चारै पटक प्रतिलिटर पेट्रोल तथा डिजेलमा ८० पैसा बढाइएको थियो ।