औरही गाउँपालिकामा निःशूल्क स्वास्थ्य शिविर सम्पन्न

जनकपुरधाम, १२ चैत । धनुषाको औरही गाउँपालिकामा निःशूल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
औरही गाउँपालिका वडा नम्बर–२ मा निःशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
जनकपुरधामस्थित नवजिवन हस्पिटलको सहयोगमा परबाहास्थित श्री शिव शक्ति आधुनिक विद्यालयमा आयोजित निःशूल्क स्वास्थ्य शिविरमा ४६७ जनाले स्वास्थ्य जाँच गराएका छन् ।
शिविरमा वरिष्ठ फिजिसियन डा.महेश महासेठ, जेनरल फिजिसियन डा.धर्मेश वर्मा, डेन्टल सर्जन डा.ऋषिकेश प्रताप साह, बाल रोग विशेषज्ञ डा. वैद्यनाथ ठाकुर, एम.डी. इमरजेन्सी मेडिसिन डा.शरद यादव, स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.जयनाथ साह, जेनरल सर्जन डा.रोविन प्रताप साह, क्यान्सर रोग विशेषज्ञ डा.अवधेश कुमार साह, फिजियोथेरापी डा.कुशेश्वर यादवलगायतकाहरुले स्वास्थ्य सेवा प्रदान गरेका थिए ।
सो अवसरमा औरही गाउँपालिकाका अध्यक्ष ब्रम्हदेव यादवले चिकित्सकहरुलाई सम्मान समेत गरेका थिए ।
निःशूल्क स्वास्थ्य शिविरको आयोजना स्थानीय सुजित मिश्र र संतोष ठाकुरको अगुवाईमा गरिएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


