ड्रमर टेलर हकिङको निधन

एजेन्सी, १२ चैत । अमेरिकाको चर्चित ब्यान्ड फू फाइटरका ड्रमर टेलर हकिङको निधन भएको छ ।
हकिङको पचास वर्षको उमेरमा निधन भएको हो ।
‘हाम्रा प्यारा टेलर हकिन्सको दुखद र असामयिक निधनबाट फू फाइटर परिवार स्तब्ध भएको छ’, ब्यान्डले सामाजिक सञ्जालमा लेखेको छ ।
टेलर कोलम्बियाको बोगोटास्थित एक होटलमा मृत अवस्थामा फेला परेको स्थानीय मिडियाले जनाएका छन् ।
विभिन्न कलाकारहरूले उनको निधनमा श्रद्धाञ्जली दिएका छन् । उनको निधन के कारणले भएको हो, यस बारेमा अनुसन्धान भइरहेको छ ।
सन् १९९७ मा उनी फु फाइटरमा आबद्ध भएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


