सिटामोलको मूल्य २ रुपँयाभन्दा बढी पर्ने

काठमाडौं, १२ चैत । सरकारले ६५० एमजीको सिटामोल ट्याब्लेट बनाउन स्वीकृति दिएको छ ।
बिहीबार बसेको औषधि सल्लाहकार समितिको बैठकले ६५० एमजीको सिटामोल दर्ता गर्न औषधि व्यवस्था विभागलाई अनुमति दिएको हो ।
‘विज्ञ सल्लाहकारको रायका अनुसार ६० बर्षभन्दा माथिका नागरिकलाई ५०० एमजीले प्रभावकारी काम नगरेको भन्ने आयो । त्यसकारण ६५० एमजीको पारासिटामोल दर्ता गर्ने भन्ने निर्णय भयो,’ विभागका प्रवक्ता सन्तोष केसीले भने ।
उनका अनुसार डोज र अन्तर्राष्ट्रिय मूल्यको अनुपातमा सिटामोलको नयाँ मूल्य तोकिने छ ।
औषधि उत्पादकहरुले हाल प्रतिट्याब्लेट १ रुपैयाँ पर्ने सिटामोलको मूल्य बढाउन सरकारलाई दबाब दिँदै आएका थिए । औषधि व्यवस्था विभागका उच्च कर्मचारीका अनुसार ५०० एमजीको २ र ६५० एमजीको सिटामोलको मूल्य साढे २ रुपैयाँ निर्धारण गरिएको छ ।
तर, सरकारको यो कदमको उपभोक्ता अधिकारकर्मीले भने विरोध जनाएका छन् । उनीहरुले क्निकल परीक्षण नै नगरी औषधि उत्पादकको दबाबमा मूल्य बढाउने हिसाबले थप तौलको सिटामोल उत्पादन गर्न स्वीकृति दिएको आरोप लगाएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


