काठमाडौं, १२ चैत । नेपालमा पछिल्लो २४ घण्टामा ८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६९७ जनाको पीसीआर परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, ९५९ जनामा एन्टिजेन परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि नभएको मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा ३ जना, ओखलढुंगा, मोरङ, स्याङ्जा, रोल्पा र दाङमा एक एक जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २१० जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १ हजार ७५८ रहेको छ ।