पोखरा, १२ चैत । १६ औं सफल पोखरा म्याराथन अन्तर्गत १० किलोमिटर दौडमा पुरुषतर्फ अजीतकुमार यादव र महिलातर्फ सरस्वती बोहोरा पहिलो भएका छन् ।

यादवले ३० मिनेट ४५ सेकेन्डमा पूरा गरेका हुन् भने बोहोराले ३९ मिनेट ३५ सेकेन्डमा पूरा गरेकी थिइन् ।

पुरुषतर्फ स्याङजाका युवराज थापाले सोही दूरी ३२ मिनेट ५० सेकेन्डमा पूरा गर्दै द्वितीय स्थान सुरक्षित बनाए । काठमाडौंका टंक बहादुर कार्की काठमाडौं ३३ मिनेट ०५ सेकेन्डमा आफ्नो तोकिएको दूरी पार गर्दै तेस्रो भए ।

महिलातर्फ भने एपीएफकी आशा राउत द्वितीय भइन् । उनले तोकिएको दूरी ४० मिनेट १० सेकेन्डमा पूरा गरेकी हुन् । त्यस्तै, पोखराकै गोमा पुनले ४३ मिनेट ५९ सेकेन्ड समय लगाउँदै तृत्तीय स्थान सुरक्षित बनाइन् ।

५ किलोमिटर म्याराथन (छात्र)

आनन्द थापा (प्रथम), थापाथाना मावि, पर्वत
कृष्ण बहादुर परियार (द्वितीय), कालीगण्डकी एक्याडेमी पर्वत
सुरज बराम (तृत्तीय), मण्डली मावि, गोरखा

५ किलोमिटर म्याराथन (छात्रा)

नर्मता गुरुङ (प्रथम), भानु मावि, तनहुँ
नारायणी भण्डारी (द्वितीय), छोरोपाटन मावि, पोखरा
सन्ध्या अधिकारी (तृतीय), भानुमावि, तनहुँ

ह्विलचियर दौड (पुरुष)

सुरेश गौली (प्रथम)
जीवन श्रेष्ठ (द्वितीय)
भरत अधिकारी (तृतीय)

ह्विलचियर दौड (महिला)

अञ्जु बराल (प्रथम)
धना मगर (द्वितीय)
लक्ष्मी सुनार (तृतीय)

दृष्टिविहीन (पुरुष)

प्रेम क्षेत्री (प्रथम)
आदेश बस्याल (द्वितीय)
सुनिल रानामगर (तृतीय)

दृष्टिविहीन (महिला)

विनिता पुन (प्रथम)
माया गौतम (द्वितीय)
प्रतीक्षा लामिछाने (तृतीय)