शुक्रबार १८ नयाँ संक्रमित थपिए, २७१ जना संक्रमणमुक्त

काठमाडौं, ११ चैत । नेपालमा पछिल्लो २४ घण्टामा १८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८२२ जनाको पीसीआर परीक्षण गर्दा १२ र १ हजार ५२० जनाको एन्टीजेन परीक्षण गर्दा ६ जना जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन भने २७१ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ४१४ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ । त्यस्तै, ९ लाख ६४ हजार ३९८ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर १ हजार ९६० जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १ हजार ९१६ जना होम आइसोलेसनमा र ४४ जना संस्थागत आइसोलेसनमा छन् ।
कोरोनाका बिरामीमध्ये २१ जना आईसीयू र २ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


