काठमाडौं, ११ चैत । हलिउड अभिनेता सिल्भियो सिमाक नेपाल आउने भएका छन् ।

एक्सन फर नेसन्सको आयोजनामा २६ मार्च २०२२ मा हुन गइरहेको महिला सशक्तीकरणका लागि आत्मरक्षा तालिम सञ्चालन गर्न पहिलो पटक नेपाल आउन लागेको संस्थाका अध्यक्ष प्रकाश थापाले जानकारी दिए ।

हलिउड अभिनेता सिल्भियो समर्पित मार्शल आर्टिस्ट र विश्व च्याम्पियन हुन् । सिल्भियोले ज्याकी च्यान, जेट लीलगायतका प्रसिद्ध अभिनेताहरूसँग अभिनय गरेका छन् ।

अभिनेता सिल्भियो एक्शन फर नेसन्स (एएफएन)का सद्भावना दूत पनि हुन् । एक्सन फर नेसन्सले अमेरिका, नेपाल, भारत र पाकिस्तानमा महिला सशक्तीकरणका लागि आत्मरक्षा तालिम लगायतका महत्वपूर्ण कार्य गरेको भन्दै हालै मात्र अमेरिकामा शोफेस्ट सोसल अवार्ड २०२२ समेत प्राप्त गरेको छ ।