रोहित बने एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडी

काठमाडौं, ११ चैत । युवा ब्याट्सम्यान रोहितकुमार पौडेल नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् ।
पपुवा न्युगिनी (पिएनजी)विरुद्ध २० रन बनाएसँगै उनले यो कीर्तिमान कायम गरेका हुन् ।
रोहितले पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई पछि पार्दै नयाँ कीर्तिमान आफ्नो नाममा गराएका हुन् ।
यो २० रन पूरा गरेसँगै नेपालका लागि १५ एकदिवसीय खेल खेलेका रोहितले ४ अर्घशतकसहित ४८२ बनाएका छन् ।
दोस्रो स्थानका ज्ञानेन्द्र मल्लको १९ खेलमा ४ अर्धशतक सहित ४८० रन छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


