एजेन्सी, १० चैत । चिनियाँ विदेशमन्त्री वाङ यी अफगानिस्तानको राजधानी काबुल पुगेका छन् ।

वाङ बिहीबार दिउँसो पाकिस्तानको इस्लामावादबाट चार्टर्ड जहाजमा काबुल पुगेका हुन् । वाङ गत सोमबार पाकिस्तान पुगेका थिए ।

तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तान पुग्ने ली तेस्रो विदेशमन्त्री हुन् । यसभन्दा अगाडि पाकिस्तान र कतारका विदेशमन्त्री पुगेका थिए ।

वाङको अफगानिस्तान भ्रमण छोटो तर महत्त्वपूर्ण हुनेछ । उनको भ्रमण अफगानिस्तानको लोगर क्षेत्रको मेस आइनाकमा तामा खानी पुनः सुरु गर्नका लागि पुनः सुरु हुने वार्ताको पृष्ठभूमिमा आएको हो ।