एजेन्सी, १० चैत । रुसले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा पेस गरेको एउटा प्रस्ताव अस्वीकृत भएको छ । बुधबार सुरक्षा परिषदमा रुसले युक्रेनमा मानवीय सहायता गर्नुपर्ने प्रस्ताव पेस गरेको थियो ।

युक्रेनमाथि भइरहेको रुसी आक्रमणबारे उल्लेख नै नगरी आएको उक्त प्रस्तावलाई बाँकी सदस्य राष्ट्रहरूले अस्वीकार गरेका हुन् ।यद्यपि, रुसको प्रस्तावको पक्षमा चीनले भने भोट हालेको थियो ।

समाचार संस्था एपीका अनुसार भारतसहित बाँकी १३ राष्ट्रले मतदान बहिष्कार गरे । १५ सदस्यीय सुरक्षा परिषदबाट कुनै प्रस्ताव पारित हुन ९ राष्ट्रले पक्षमा मत दिनुपर्छ ।