बिहीबार ३५ नयाँ संक्रमित थपिए, २६६ जना संक्रमणमुक्त

काठमाडौं, १० चैत । नेपालमा पछिल्लो २४ घण्टामा ३५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८८१ जनाको पीसीआर परीक्षण गर्दा ३२ र १ हजार ३८७ जनाको एन्टीजेन परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन भने २६६ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ३९६ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।त्यस्तै, ९ लाख ६४ हजार १२७ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर २ हजार २१९ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये २ हजार १७९ जना होम आइसोलेसनमा र ४० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये २१ जना आईसीयू र २ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


