काठमाडौं, १० चैत । अभिनेता पल शाहविरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालत तनहुँमा बहस भइरहेको छ ।

प्रेमको बहाना गरेर बलात्कार गरेको भन्दै नाबालिक गायिकाको परिवारले उनीविरुद्ध ११ फागुनमा तनहुँ प्रहरीमा उजुरी दिएका थिए ।प्रहरीले अनुसन्धान गरेर सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत तनहुँमा मुद्दा दायर गरेको थियो ।

मुद्दा दायर भएपछि जिल्ला अदालतमा उनले बयान दिएका थिए । बयानमा बोलेको कुरालाई लिएर कमेडियन भरतमणि पौडेल व्यङ्ग्य गर्दै पोस्ट गरेका छन् ।

होटलमा बस्दा कमल खत्रीसँग सँगै सुतेको उल्लेख गरेका थिए । साथै उनले त्यतिबेला ती गायिकाले महिनावारी रोकिएको भन्दै म्यासेज पठाएको उल्लेख गरेका थिए ।

उनको बयानलाई सञ्चारमाध्यमले प्राथमिकता साथ छापेका थिए । उनले फेसबुक पोस्टमा एक सञ्चारमाध्यमको स्क्रिन सट शेयर गर्दै भद्दा मजाक गरेका छन् ।

‘दाइ तपाईंसँग सुत्नै डर मर्दो भोत ? उनले कमल खत्रीलाई ट्याग गर्दै लेखेका छन् ’कहिलेकाहीँ कार्यक्रममा सँगै परिन्छ, ठाउँ एड्जस्ट गर्नु पर्ला अनि …?’

उक्त पोस्टपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको आलोचना गरेका छन् ।

पलविरुद्धको मुद्दामा थुनछेक बहस जारी छ । बुधबार पीडितका पक्षमा ९ र पलका पक्षबाट बुधबार २ जनाले बहस गरेका थिए ।