काठमाडौं, १० चैत । नेकपा एमाले स्थायी कमिटी सदस्य प्रभु साहविरुद्ध पार्टीमा उजुरी परेको छ । उनीविरुद्ध एमाले केन्द्रीय सदस्य एवं सांसद रेखाकुमारी झाले पार्टीमा उजुरी दिएकी हुन् ।

झाले उजुरीमा रौतहटमा जिल्ला अधिवेशनताका हलले अनुमोदन नै नगरेको जम्मा ५ जना पदाधिकारीलाई मध्यरातमा साहको नेतृत्वमा अज्ञात स्थलमा लगेर शपथ खुवाएको आरोप लगाएकी छन् ।

झाले एमाले केन्द्रीय कमिटी बैठकमा आफ्नो गृह जिल्ला रौतहटमा साहले मनोमानी गरेको आरोपसहित उजुरी दिएकी हुन् ।