बुधबार ३८ नयाँ संक्रमित थपिए, २६९ जना संक्रमणमुक्त

काठमाडौं, ९ चैत । नेपालमा पछिल्लो २४ घण्टामा ३८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८५५ जनाको पीसीआर परीक्षण गर्दा ३४ र १ हजार ५२१ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन भने २६९ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ३५९ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।त्यस्तै, ९ लाख ६३ हजार ८६१ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर २ हजार ४५३ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये २ हजार ४०९ जना होम आइसोलेसनमा र ४४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये २१ जना आईसीयू र २ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


