काठमाडौं, ९ चैत । कलाकार दीपकराज गिरीले निर्वाचन नजिकिएसँगै कलाकारहरू पार्टी प्रवेश गर्न थालेको बताएका छन् ।

मंगलबार करिश्मा मानन्धर एमाले प्रवेश गरेपछि गिरीले यस्तो बताएका हुन् ।

उनले आफूलाई पनि पार्टीमा जान मन भएको तर ती पार्टीमा प्रवेश गर्नेहरूले कहिले पो पार्टी दिने हुन् कुन्नि भन्दै व्यङ्ग्यसमेत गरेका छन् ।

‘चुनाव आयो ! हाम्रा कलाकार साथीहरू विस्तारै पार्टी प्रवेश गर्दै हुनुहुन्छ ! त्यसैले मैले पनि पार्टीमा जाने निर्णय गरेँ ! तर उहाँहरूले पार्टी पो कहिले दिने हो कुन्नि?’, गिरीले फेसबुकमा व्यंग्य गरेका छन् ।