काठमाडौं, ९ चैत । त्रिवि शिक्षण अस्पतालले विभिन्न विभागका लागि हाउस अफिसरको माग गरेको छ ।

आज एक सूचना प्रकाशन गरी यस अस्पतालले करार सेवामा पदपूर्ति गर्न हाउस अफिसरको माग गरेको हो ।

एमबीबीएस उतीर्ण भई नेपाल मेडिकल काउन्सिलको लाइसेन्स प्राप्त व्यक्तिले आवेदन दिनसक्ने अस्तपालको कर्मचारी प्रशासन शाखाले जनाएको छ ।

पुरुषको हकमा ४० वर्ष र महिलाको हकमा ४५ वर्ष उमेर ननाघेकाले आवेदन दिन सक्नेछन् । सूचना अनुसार यही चैत्र १५ गतेभित्र आवेदन दिनुपर्नेछ । शुल्क रु.२००० तोकिएको छ ।