जेसन रोयलाई दुई अन्तर्राष्ट्रिय खेलको प्रतिबन्ध

एजेन्सी, ९ चैत । इंग्ल्यान्डका ब्याटर जेसन रोयलाई दुई अन्तर्राष्ट्रिय खेलको प्रतिबन्ध लागेको छ ।
इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्ड (इसिबी) को अनुशासन समितिले जेसनलाई दुई खेलको प्रतिबन्धका साथै २ हजार ५०० पाउण्ड जरिवाना गर्ने निर्णय गरेको हो ।
बोर्डले ३१ वर्षीय जेसनले क्रिकेटको हितमा प्रतिकूल असर पार्ने तथा क्रिकेटको खेल, इसिबी र आफैंलाई बदनाम गर्ने कार्य गरेको आरोप लगाएको छ । उनले त्यसलाई स्वीकार गरेको समेत बताइएको छ ।
विश्वकप विजेता इंग्लिस टोलीका सदस्य जेसनले हालै अनिश्चितकालका लागि क्रिकेटबाट ब्रेक लिने निर्णय गरेका थिए ।
इन्डियन प्रिमियर लिग (आइपिएल) नखेल्ने निर्णय गरेका उनले काउन्टी च्याम्पियनसिपका सुरुवाती खेल गुमाउने छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


