हैदराबादस्थित कवाडी गोदाममा आगलागी हुँदा ११ मजदुरको मृत्यु

एजेन्सी, ९ चैत । भारतको हैदराबादस्थित सिकन्दराबादको बोयागुडा नजिकै कवाडीको एउटा गोदाममा आगलागी हुँदा ११ मजदुरको मृत्यु भएको छ ।
स्थानीयका अनुसार अबेर रातीको आगलागीका बेला गोदाममा १२ मजदुर थिए । यीमध्ये एक मजदुर सुरक्षित बाँच्न सफल भएका थिए ।
शुरुवाती अनुसन्धानमा पत्ता लागेअनुसार मारिएका ११ जनामध्ये ८ मजदुर २० देखि ३० वर्षका थिए भने दुईजना ३० वर्षका थिए । यस्तै एक मजदुर ४० वर्षका थिए । दुर्घटनापछि आठ दमकललाई घटनास्थलमा पठाइएको थियो । स्थिति हाल नियन्त्रणमा आइसकेको छ ।
आगलागीका कारण अहिलेसम्म पनि पत्ता लाग्न नसकेको बीबीसी हिन्दीले जानकारी दिएको छ । गोदाममा खाली रक्सीको बोतल र ग्यास सिलिन्डर भेटिएको छ ।
प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री नरेन्द्र मोदीलाई यो घटनाले गहिरो चोट पुर्याएको र मारिएका व्यक्तिको परिवारप्रति समवेदना भएको जानकारी दिएको छ । साथै, मोदीले मृत्यु भएकाहरुको परिवारलाई २ लाखको सहायता रकम दिने घोषणा गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


