इजरायलको बेरसेवा शहरमा भएको हमलामा ४ जनाको मृत्यु

एजेन्सी, ९ चैत । इजरायलको बेरसेवा शहरमा भएको हमलामा ४ जनाको मृत्यु भएको छ । हमलामा अन्य केही घाइते भएका छन् ।
तीन जनाको सपिङ मलअगाडि चक्कु प्रहारमा मृत्यु भएको र चौथो व्यक्तिको आक्रमणकारीले चलाएको बसले किचेर ज्यान गएको हो ।
प्रहरीले सो घटनालाई शंकास्पद अतिवादी प्रकृतिको आक्रमण भनेको छ ।
आक्रमणकारीलाई एक सर्वसाधारणले गोली हानेर मारिदिएको प्राप्त विवरणहरुमा जनाइएको छ । इजरायलको आन्तरिक सुरक्षा निकायले आक्रमणकारी अरबी मूलका इजरायली भएको जनाएको छ ।
अतिवादी मुस्लिम समूह इस्लामिक स्टेट (आइएस)लाई समर्थन गरेको आरोपमा उनी जेल परेका थिए ।
प्रहरीले आक्रमणकारीको नाम मुहम्मद गालेब अहमद अबु अल्किनी रहेको र बेरशेबाबाट झन्डै १२ माइल पूर्वमा रहेको हुराको बेइइन सहरको शिक्षक रहेको बताएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


