यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश विजयी

धनगढी, ९ चैत । धनगढीमा जारी मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश विजयी भएको छ ।गण्डकीले बुधबार मधेस प्रदेशमाथि २० रनको जित हात पारेको हो ।
१०८ रनको लक्ष्य पछ्याएको मधेसले २० ओभर ब्याटिङ गरेपनि ६ विकेट गुमाउँदै ८७ रन मात्र बनाउन सक्यो ।
मधेसका लागि अलिशा यादवले ३१ र साना प्रविनले २१ रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
गण्डकीका लागि कुशुम गोदारले २ तथा जोत्स्निका मरासिनी र आकृति तिवारीले १–१ विकेट हात पार्दा २ विकेट रन आउटका रूपमा प्राप्त भयो ।
त्यसअघि फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको गण्डकीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०७ रन बनाएको थियो ।
गण्डकीका लागि ज्योत्स्निका मरासिनीले सर्वाधिक ४३ र आङ पेम्बलामु शेर्पाले १७ रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
मधेसका लागि प्रतिमा शाह, साना प्रविन र विमला मगरले २–२ विकेट हात पार्दा २ विकेट रन आउटका रूपमा प्राप्त भयो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


