काठमाडौं, ८ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश २०७८ जारी गरेकी छन् ।

उनले दोस्रोपटक अध्यादेश जारी गरेकी हुन् ।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सरकारको सिफारिसमा अध्यादेश जारी भएको हो ।

मंगलबार राष्ट्रपतिले अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जनाएका छन् ।

प्रवक्ता आचार्यका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी गरेकी हुन् ।

रेल्वे अध्यादेश जारी गरेसँगै रेल सञ्चालनका लागि कानुनी बाटो खुल्ला भएको छ ।

यसअघि पनि सरकारले ल्याएको रेल्वे अध्यादेश संसदमा पेस हुन नसक्दा निष्क्रिय भएको थियो ।