बलबालिकाका लागि ८४ लाख मात्रा फाइजर खरिद गरिदैं

काठमाडौं, ८ चैत । नेपालमा कोरोनाविरुद्धको खोप अभियान तीव्र गतिले सञ्चालन भएपनि ५ देखि ११ वर्षसम्मका बालबालिकाहरूले अझै खोप लगाउन पाएका छैनन् ।
सो समुहकालाई ८४ लाख मात्रा खोप आवश्यक पर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसै क्रममा बालबालिकाहरूलाई लगाइने फाइजर खोप आयातका लागि तयारी भइरहेको छ ।
स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरुले वैशाखदेखि जेठ सम्ममा बालबालिकालाई खोप दिइने बताउँदै आएका छन् । ८४ लाख मात्रा फाइजर खरिद प्राप्त गर्ने स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा.सुरेन्द्र चौरसियाले बताए । उनले भने, ‘५ देखि ११ वर्षसम्मका बालबालिकाले अब चाँडै खोप पाउँछन् । खोप आयत प्रक्रिया अगाडि बढिसकेको छ ।’
एक साताभित्र कोरोना भाइरस विरुद्धको ४५ लाख मात्रा खोप पाइपुग्ने भएको छ । चीन सरकारको सहयोगमा उक्त मात्राको सिनोभ्याक्स खोप पाइपुग्ने आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा. चौरसियाले बताए । यस्तै, ११ वर्षदेखि १७ वर्षसम्मका बालबालिका लागि अनुदान सहयोगमा चैत्र १२ गते र १४ गते १५ लाख मात्रा फाइजर खोप आउँदै छ । सरकारले हालसम्म कोरोनाविरुद्धको खोप खरिद र अनुदान सहयोगमा विभिन्न कम्पनीका ४ करोड ७८ लाख ८२ हजार ८ सय मात्रा कोभिसिल्ड, भेरोसेल, फाइजर, मोडर्ना, एष्ट्राजेनिका, जोन्सन लगायत खोप प्राप्त गरेको छ ।
नेपालमा ११ वर्षदेखि १८ वर्षसम्म ३४ लाख ५ हजार ४५५ बालबालिकालाई कोरोनाविरुद्धको खोप पाएका छन् । यस उमेर समूहका ६८.० प्रतिशत बालबालिकाले कोरोनाविरुद्धको खोप लगाइसकेको तथा ९३.० प्रतिशतले कम्तीमा एक मात्रा लगाइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सरकारले चैत मसान्तसम्ममा १८ वर्षमाथिका पूर्ण जनसङ्ख्यालाई खोप लिने लक्ष्य राखेको छ । स्वास्थ्य मन्त्रालयको आँकडा अनुसार १८ वर्षमाथिका एक करोड ९९ लाख २२ हजार १६४ जना छन् । जसमध्ये एक करोड ६२ लाख २९ हजार २७१ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् । यस्तै, कम्तीमा एक मात्रा १ करोड ८५ लाख ११ हजार ४७२ जनाले एक मात्रा खोप लगाएका छन् । अर्थात् पूर्ण मात्रा ८१.५ प्रतिशतले लगाएका छन् भने ९३.० प्रतिशतले कम्तिमा एक मात्रा लगाएका छन् ।
सरकारले लक्ष्य हासिल गर्न २२ दिनमा झण्डै १८ वर्ष माथि उमेर समूहका १९ प्रतिशत जनसङ्ख्यालाई खोप लगाइ सक्नुपर्ने हुन्छ ।नेपालको कुल जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० जना मध्ये तीन करोड ९३ लाख ९१ हजार ३१८ मात्रा लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमा पूर्ण मात्रा खोप एक करोड ८७ लाख ७ हजार ४८७ जनाले लगाएका छन् भने कम्तिमा एक मात्रा एक करोड ८७ लाख ७० हजार ५५९ ले एक मात्रा लगाएका छन् ।
लक्षित समूहले ८१ प्रतिशतभन्दा बढी जनसङ्ख्याले कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाइसक्दा बुस्टर डोज १९ लाख १३ हजार २७२ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
खोपको पूर्ण मात्रा ८१.५ प्रतिशतले लगाएका छन् भने ९३.० प्रतिशतले कम्तिमा एक मात्रा लगाएका छन् । सरकारले लक्ष्य हासिल गर्न २२ दिनमा झण्डै १८ वर्ष माथि उमेर समूहका १९ प्रतिशत जनसङ्ख्यालाई खोप लगाइ सक्नुपर्ने हुन्छ ।
–रातोपाटी
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


