काठमाडौं, ८ चैत । नेपालमा पछिल्लो २४ घण्टामा ४४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ४९५ जनाको पीसीआर परीक्षण गर्दा ३५ र २ हजार ९९ जनाको एन्टीजेन परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ भने ४८१ जना संक्रमणमुक्त भएका छन् ।

११ दिनपछि नेपालमा कोरोनाबाट एकजनाको मृत्यु भएको हो । यसअघि फागुन २७ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्या १ थियो ।स्वास्थ्य मन्त्रालयको विवरणअनुसार त्यसयता कोरोनाबाट कसैको मृत्यु भएको थिएन ।

देशभर हाल २ हजार ६८८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये २ हजार ६३७ जना होम आइसोलेसनमा र ५१ जना संस्थागत आइसोलेसनमा छन् ।

कोरोनाका बिरामीमध्ये २३ जना आईसीयू र २ जना भेन्टिलेटरमा उपचाररत् छन् ।