अर्जेन्टिनी फरर्वाड पबलो डिवालाले क्लब छाड्ने पक्का

एजेन्सी, ८ चैत । इटालियन सिरी ‘ए’ क्लब युभेन्टसका अर्जेन्टिनी फरर्वाड पबलो डिवालाले क्लब छाड्ने पक्का भएको छ ।
क्लबका अध्यक्ष माउरिसियो अरिभाविनेले डिबालाले यो सिजनको अन्त्यसँगै क्लब छोड्ने पक्का भएको पुष्टी गरेका हुन् ।
डिवाला र युभेन्टसबीचको सम्झौता यस सिजनको अन्त्य सम्मका लागि छ । उनी सन् २०१५ मा पार्लेमोबाट ४० मिलियन युरोमा युभेन्टस भित्रिएका थिए । डिवालाले सिरी ‘ए’ मा २०२ खेलमा ८० तथा सबै खाले प्रतियोगितामा भने युभेन्टसका लागि ११३ गोल गरेका छन् ।
जारी सिजनको लिगमा भने उनले टोलीका लागि मात्र आठ गोल गर्न सकेका छन् । केही दिनअघि मात्र युभेन्टसका प्रशिक्षक मासिमिलियानो एलेग्रीले डिवाला क्लबमा रहनेमा दुविधा रहेको प्रतिक्रिया दिएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


