नेपाली पुरुष फुटबल टिमले जित्यो टिम अफ दि इअरको अवार्ड

काठमाडौं, ८ चैत । नेपाली पुरुष फुटबल टिमले पल्सर स्पोर्ट्स अवार्ड २०७७ अन्तर्गत टिम अफ दि इअरको अवार्ड जितेको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार आयोजना गरेको १८औं संस्करणको अवार्ड समारोहमा फुटबल टिम वर्षकै उत्कृष्ट घोषित भएको हो ।
फुटबल टिमले २०७७ साल चैत महिनामा दशरथ रंगशालमा आयोजना भएको थ्री नेशन्स कप फुटबल प्रतियोगिताको उपाधि जितेको थियो ।
बंगलादेश र कीर्गिस्तानको यू–२३ टिम सम्मिलित उक्त प्रतियोगिताको फाइनलमा नेपालले बंगलादेशलाई २–१ ले पराजित गर्दै उपाधि जितेको थियो ।
घरेलु भूमिमा नेपालले ३७ वर्षपछि जितेको त्यो पहिलो उपाधि समेत हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


