एजेन्सी, ८ चैत । बलिउड चलचित्र ‘रनवे ३४’ को ट्रेलर सार्वजनिक भएको छ ।

ट्रेलरमा अजय देवगन व्यावसायिक पाइलटको भूमिकामा रहेको देखाइएको छ । ट्रेलरमा उनले खराब मौसममा ३५ हजार फिटको उचाइमा उडानका यात्रुको ज्यान बचाइरहेको दृश्य देख्न सकिन्छ ।

फिल्ममा अजयका अलावा रकुलप्रीत सिंह महिला पाइलटको भूमिकामा छन् । योसँगै अमिताभ बच्चन वरिष्ठ अधिकारीको भूमिकामा छन् । सामाजिक सञ्जालमा टिजर सेयर गर्दै अजयले लेखेका छन्, ‘सत्य जमिनबाट ३५ हजार फिट माथि लुकेको छ ।’

यो फिल्मबाट अजय निर्देशकको रूपमा डेब्यु गर्दैछन् । फिल्म २९ अप्रिल २०२२ मा इदको अवसरमा रिलिज हुनेछ ।