एजेन्सी, ८ चैत । कालो हरिण शिकार प्रकरणमा बलिउड अभिनेता सलमान खानलाई राहत मिलेको छ । राजस्थान उच्च अदालतले सलमानको ट्रान्सफर याचिकामा सुनुवाइ स्वीकार गर्दा उनलाई केही राहत मिलेको हो ।

अब सलमानसँग सम्बन्धित सबै याचिकामाथि उच्च अदालतमा सुनुवाइ हुनेछ । मिडिया रिपोर्टका अनुसार उच्च अदालतमा सुनुवाइका क्रममा सलमानसँगै उनकी बहिनी अलविरा साथमै थिइन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार १ अक्टोबर १९९८ मा जोधपुरको कानकानी गाउँमा कालो हरिणको शिकार भएको थियो । यस मामिलामा सलमानबाहेक सैफ अली खान, नीलम, सोनाली बेन्द्रे, तब्बु र दुष्यन्त सिंहमाथि पनि आरोप लागेको थियो । तर, अदालतले सलमानबाहेक सबै अभियुक्तलाई सफाइ दिएको छ ।