काठमाडौं, ७ चैत । नेपालमा पछिल्लो २४ घण्टामा ४५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ९७८ जनाको पीसीआर परीक्षण गर्दा ४१ र १ हजार ७७४ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा संक्रमणका कारण कसैको मृत्यु भएको छैन भने १४७ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या ३ हजार १३५ रहेको मन्त्रालयले जनाएको छ ।