एजेन्सी, ७ चैत । तेलुगुकी लोकप्रिय अभिनेत्री तथा युट्युबर डोली डिक्रुजको कार दुर्घटनामा परी निधन भएको छ । उनी वेब सिरिज ‘मेडम सर मेडम अन्ते’बाट लोकप्रिय भएकी थिइन् ।

गायत्री आफ्ना साथीहरूका साथ कारमा घर आइरहेकी थिइन् । उनको कार हैदराबादको गच्चीबोली क्षेत्रमा दुर्घटना भएको हो । गायत्रीको घटनास्थलमै मृत्यु भएको हो ।

समाचारअनुसार कार गायत्रीकी साथीले चलाएकी थिइन् । तर कार डिभाइडरमा ठोक्किएपछि नियन्त्रण बाहिर गएको थियो । दुर्घटनामा गायत्रीसँगै उनको साथीको पनि निधन भएको छ ।

अभिनयमा आउनुअघि गायत्री आफ्नो ग्ल्यामरस इन्स्टाग्राम पोस्टसँगै आफ्नो युट्युब च्यानल जलसा रायुडूका माध्यमबाट चर्चित बनेकी थिइन् । उनको सामाजिक सञ्जालमा फ्यान फलोइङ अत्यधिक छ ।