एएफसी फुटसल एसिया कप छनोटका लागि नेपाली टोली घोषणा

काठमाडौं, ७ चैत । एएफसी फुटसल एसिया कप छनोटका लागि नेपाली टोली घोषणा भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार मुख्य प्रशिक्षक गौरव बस्नेतले १४ सदस्यीय टोली घोषणा गरेको जानकारी दिएको हो ।छनोट कीर्गिस्तानमा अप्रिल १ देखि १५ सम्म हुनेछ ।
नेपाल समूह ‘बी’ मा उजबेकिस्तान, ताकिस्तान र अफगानिस्तानसँगै छ ।
नेपाली टोलीमा अनिश श्रेष्ठ, विश्वास पौडेल, विजय श्रेष्ठ, सरोज तामाङ, सुरज गुरुङ, आदिम हमिद, खिमराज गुरुङ, कृजल खड्का, किशोर गुरुङ, मनिकुमार लामा, रोसन छन्त्याल, सुमित श्रेष्ठ, उर्केन शेर्पा र हेमन्त गुरुङ रहेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


